राष्ट्रिय

प्रेमजालमा पारेर भारतमा बेचिएकी महिला भागेर घर आइन्

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार...

गोली प्रहार गरी चार डाँका पक्राउ

धनुषा । धनुषा प्रहरीले आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान साढे ३ बजे गोली प्रहार गरी चार डाँकालाई पक्राउ गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी...

फ्रिजमा करेन्ट लागेर तीन जनाको मृत्यु

धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल...

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु...

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद...

गाईलाई मासुजन्य जनावरका रुपमा प्रचार : दोषीलाई कारवाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर...

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

कावासोती । नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा...

मादक पदार्थले लठ्ठिएका प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ

खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र...

बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको एक महिने अल्टिमेटम, अटेरी गरे ठगी अभियोगमा कारवाही गरिने

काठमाडौं । मेडिकल कलेजहरुले सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दो विद्यार्थीहरु आन्दोलित भएपछि सरकारले कठा कदम चालेको छ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम दिएको हो। गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री...

‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’

ललितपुर । मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आज आयोजना गरेको ‘जबर्जस्ती करणीमा परेका महिलाको मानवअधिकार एवं न्याय पहुँचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’मा नेपालमा उक्त उमेर...