राजनीति
काठमाडौँ, १२ माघ । बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ । मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको...
काठमाडौँ, १२ माघ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न...
काठमाडौँ, १२ माघः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू...
तुलसीपुर (दाङ), १२ माघ । दाङ क्षेत्र नं ३ का उम्मेदवारहरू आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ जान थालेका छन् । उम्मेदवारहरूले कार्यकर्ता तथा मतदातालाई भेटघाट गर्न थालेका छन् । कांग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ...
बाजुरा, १२ माघ । चिसो छल्न बेँसी झरेका यहाँका जनजाती समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ । आगामी चैतमा मात्र उनीहरु गाउँ फर्किने हुँदा उनीहरु मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाती महासङ्घ बाजुराका...
जोमसोम, १२ माघ । आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला...
काठमाडौँ, ११ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको...
काठमाडौँ, ११ माघ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताउनुभएको छ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उहाँले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च अधिकारी...
काठमाडौँ, ११ माघ । निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ । आयोगको कार्यालयमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आए तत्काल समाधान...
काठमाडौँ, ११ माघ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राख्नुभएको छ । नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित पहिलो दीक्षान्त समारोहमा उहाँले उत्कृष्ट उच्च...















