राजनीति
काठमाडौँ, ३ वैशाख । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ ।आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो । आयोगले उपनिर्वाचन हुने...
काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ। महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो।...
काठमाडौं, ३ बैशाख । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका...
काठमाडौँ, ३० चैत । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न...
काठमाडौं, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निगरानीमा कडाइ नगरेकै कारण...
काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए । उनले भने, ‘सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता भइरहन्छन् ।...
मोरङ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष...
काठमाडौँ, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद बिमला घिमिरे निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो । अध्यक्ष दाहालले...
काठमाडौँ, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित स्वास्थ्य तथा...
काठमाडौं, २८ चैत । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन्। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन्। दुई दलले...













