सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधि सभामा कांग्रेस र राप्रपाको अवरोध


  •    न्युजभित्तो/२८ चैत्र २०८०, बुधबार १३:५७ 
  • काठमाडौं, २८ चैत । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन्। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन्।

    दुई दलले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक पटक अघि बढाउन आग्रह गरे। कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति माग गरिरहेको छ।

    अर्कातिर राप्रपाले मंगलबार भएको प्रदर्शनका क्रममा दमन गरेको भन्दै लामिछानेको राजीनामा माग गर्दै संसद्‍मा अवरोध गरेको हो। दुई दलको अवरोधपछि सभामुख घिमिरले बुधबारका लागि तय गरिएका कार्यसूची सबै हटाए। त्यसपछि उनले बैठकको अवरोध नहटेको भन्दै वैशाख २ गतेसम्मलाई प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.