सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु


  •    न्युजभित्तो/३ बैशाख २०८१, सोमबार १४:१९ 
  • काठमाडौँ, ३ वैशाख । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ ।आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।

    आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ ।

    पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    त्यसरी आवेदन गर्ने व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लामा मतदाता नामावली सङ्कलनको कार्य विगतमा जसरी नै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको उहाँले जानकारी दिमतदाता नामावली अद्यावधिक कार्य सुरु भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदानस्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ ।

    मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउनका लागि निवेदन दिन र झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.