सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधन


  •    न्युजभित्तो/३ बैशाख २०८१, सोमबार ११:४५ 
  • काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ। महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए।

    स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो। ८२ वर्षीय न्यौपाने गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकका हुन्।

    उनी २०४८ सालमा जिल्ला विकास समिति गोरखाको सभापति भएका थिए। २०१७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी २०४६ सालको आन्दोलनमा गोरखाको नेतृत्व गरेका थिए।

    न्यौपाने कांग्रेस गोरखा उपसभापति र पटक(पटक महाधिवेशन तथा महासमिति सदस्य पनि रहेका थिए। उनको पशुपति आर्यघाटमा सोमबार अपराह्न अन्त्येष्टि गरिने पोखरेलले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.