राजनीति
मोरङ, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपरान्ह यहाँ आइपुग्नुभएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन छ दिन मात्रै बाँकी रहेको...
लुम्बिनी, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह...
काठमाडौँ, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था...
महेन्द्रनगर (धनुषा), १५ फागुन । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई सही मार्गमा ल्याउनु अहिलेको प्रमुख राष्ट्रिय जिम्मेवारी भएको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा देखिएको...
काठमाडौँ, १५ फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये...
विराटनगर, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताउनुभयो ।...
काठमाडौँ, १५ फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत...
जनकपुरधाम, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१ थान हतियार (बन्दुक) बुझाइएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचनापश्चात् हालसम्म उक्त...
खोटाङ, १५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिनुभएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोकाको...
काठमाडौँ, १५ फागुन । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र...














