सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग


  •    न्युजभित्तो/१२ जेष्ठ २०८३, मंगलवार १५:०६ 
  • काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

    सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

    सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्र गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गर्नुभयो ।

    सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गर्नुभयो ।

    सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।

    सांसद भूमिका लिम्बू सुब्बाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गका केही सडकखण्ड अवरूद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।

    सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाको ज्यान जान थालेकामा चिन्ता गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

    सांसद नरेन्द्रकुमार केरूङले बेमौसमी मनसुनका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गको फलैचाँ ९दोभाने० लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको एकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

    सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।

    सांसद रामविनोद यादवले स्वास्थ्यकर्मीको लापर्वाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवतीको निधन भएकामा दुःख व्यक्त गर्दै यस्ता घटना नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि विजुली बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गर्नुभयो ।

    सांसद रेखाकुमारी यादवले सर्वोच्च अदालतको फैसलाविपरीत महोत्तरी जिल्लास्थित गौशलाको ३४ घरधुरी भत्काउन खोजिएकामा आपत्ति व्यक्त गर्नुभयो ।

    सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली प्रभावित भएको र केराखेतीमा नोक्सानी भएकाले राहत दिन माग गर्नुभयो ।

    सांसद प्रेमबहादुर बयकले हालै आएको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा दुई सय भेडाको क्षति भएको जानकारी दिँदै यसबाट पीडित किसानलाई राहत उपलब्ध गराउन अनुरोध गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति
    सामुदायिक विद्यालयमा बिहानी कक्षा
    प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
    • प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
    • खोटाङमा घरमै राहदानी वितरण सुरु
    • प्रतिनिधसभाः भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग
    • मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.