राजनीति

रवि अदालत उपस्थित, थुनछेक बहस सुरु हुँदै
-न्युजभित्तो

काठमाडौँ, १० माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो ।...

सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्योः प्रचण्ड
-न्युजभित्तो

सुर्खेत, १० माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्। विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। सरकारले नियमित रुपमा सदन...

नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ९ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै...

‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’
-न्युजभित्तो

विराटनगर, ९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा...

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड
-न्युजभित्तो

गलकोट (बागलुङ), ९ माघ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन...

रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदै
-न्युजभित्तो

काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी जारी...

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग...

मन्त्री यादवले हर्क साम्पाङलाई भनेः यही वर्ष टेण्डर निस्किन्छ, खुसी भएर फर्कनू
-न्युजभित्तो

काठमाडौं, ८ माघ । खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा खानेपानीको समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन् । खानेपानी मन्त्री यादव भेट्न मन्त्रालय पुगेका साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीको लागि यही वर्ष टेण्डर निस्कने आश्वासन...

हर्क साम्पाङले रित्तो गाग्री बोकेर सिंहदरबार छिर्ने भनेपछि सुरक्षा व्यवस्था कडा
-न्युजभित्तो

काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चुनौती दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छन् । रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित...

राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान
-न्युजभित्तो

काठमाडौं, ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् । ...