राजनीति

प्रतिनिधि सभामा माओवादी र रास्वपाको विरोध, बैठक १५ मिनेट स्थगित
-न्युजभित्तो

काठमाडौं, २९ माघ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको विषयमा प्रतिपक्षीहरूले विरोध जनाएका हुन्। आकस्मिक समयमा बोल्न नाम टिपाए पनि खतिवडालाई...

आठ करोड बढी खर्चेर बनाइयो पालिकाको पक्की भवन
-न्युजभित्तो

त्रिवेणी (रुकुमपश्चिम), २९ माघ । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ । विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम...

खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन माग गर्नुभएको छ । समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले संविधानबाट प्राप्त अधिकारलाई राज्यले संरक्षण...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
-न्युजभित्तो

चितवन, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो,...

ओली रहुन्जेल वामपन्थी एकता हुँदैनः प्रचण्ड
-न्युजभित्तो

जनकपुर, २८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन्। सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको स्थिति सहज...

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष समारोहलाई...

‘जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा स्रोत आवश्यक’
-न्युजभित्तो

काठमाडौँ, २७ माघ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा वित्तीय स्रोत आवश्यक रहेको बताउनुभएको छ । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न जलवायु...

लागुऔषध दुर्व्यसनीमा नफस्न परराष्ट्रमन्त्री राणाको आग्रह
-न्युजभित्तो

अत्तरिया (कैलाली), २७ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उहाँले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह...

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
-न्युजभित्तो

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ...