राजनीति

सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्नुभएको छ ।      राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि आजै मन्त्री रावलले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो...

‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउनु भएनः गृहमन्त्री गुरुङ
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भिआइपी मुभमेन्ट’का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको छ । गृह मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिनुभयो । जेनजी...

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर: महिला मन्त्री वादी
-न्युजभित्तो

काठमाडाँै, १३ चैत । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको पदभारग्रहण गर्नुभएको छ । उहाँ नेपालको पहिलो वादी समुदायको मन्त्री बन्नुभएको छ । पदभार ग्रहण गरेसँगै उहाँ भावुक हुनुभयो । आँखाबाट आँसु पुछ्दै...

किसानले मल नपाउनु भनेको विडम्बना होः मन्त्री चौधरी
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली आयोजित कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा भएको चुनावपछि गठन भएको नयाँ सरकारले सबै खाले समस्या समाधान...

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उहाँले पदबहाली गर्नुभएको हो । मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले...

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
-न्युजभित्तो

दमौली (तनहुँ), १३ चैत । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले  अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिनुभएको...

कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
-न्युजभित्तो

महेन्द्रनगर, १३ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बन्नुभएपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाउनुभएको छ । “छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको...

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले ...

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ...

ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
-न्युजभित्तो

काठमाडौँ, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले...