सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आदिवासी जनजाति खुल्लामा शंकर श्रेष्ठको उम्मेदवारी


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार ११:४८ 
  • चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाताकादेखि संगठन निर्माणमा जुट्दै आउनु भएका शंकर श्रेष्ठले जारी महाधिवेशनमा आदिवासी जनजाति तर्फ खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । पार्टीमा संगठनको भित्री पाटोलाई सम्हाल्दै आउनु भएका श्रेष्ठ यस अघिको केन्द्रीय समितिको सचिवालय सचिवका रुपमा रहेर काम गर्नुभएको थियो ।

    जन्मथलो गोरखा भई काठमाण्डौंलाई कर्मथलो बनाउनु भएका श्रेष्ठ केन्द्रीय संगठन विभागको तर्फबाट प्रतिनिधि हुनुहुन्छ । उहाँले भन्नुभयो “रास्वपामा स्थापना कालमा संस्थापक २१ जना हुनुहुन्थ्थ्यो, म २२ औं हुँ । अहिलेसम्म म संगठनमानै निरन्तर काम गरिराखेको छु ।” पार्टीको दस्ताभेजिकरणको पाटोमा संगठन बिस्तारको पाटोमा उहाँ निरन्तर लागि रहनु भएको छ ।

    उहाँले भन्नुभयो “विद्यार्थी कालदेखि नै राजनैतिक पृष्टभूमिामा रहेको थिएँ । निरन्तर राजनीतिमानै छु ।” स्वतन्त्र युवा अभियानमा नेतृत्व गर्नुभएका श्रेष्ठले २० वर्षजति युवा अभियानमा काम गर्नुभयो । देशै भर संगठन वनाउनका लागि दिन रात नभनिकन खटिनु भएका श्रेष्ठ पार्टी संगठनलाई अझै सशक्त ढंगले अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो । “पार्टीलाई अझ मजभूत वनाउनु पर्ने छ । जति लागिएको छ जनतामाझ छोटो समयमा पुगेको छ, यसलाई अझ बलियो वनाएर देशलाई संबृद्धि वनाउन आबश्यक छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.