राष्ट्रिय

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २ माघ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार...

संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
-न्युजभित्तो

काठमाडौँ, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै कानूनको अन्तिम व्यवस्था तथा संविधानको व्याख्या संवैधानिक...

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
-न्युजभित्तो

काठमाडौँ, २ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र...

राष्ट्रिय भूकम्प सुरक्षा दिवसः निर्माण मापदण्ड पालना गर्न आग्रह
-न्युजभित्तो

हेटाैंडा, २ माघ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला...

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
-न्युजभित्तो

काठमाडौं, २ माघ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी छ । बैठक साढे एघार बजेतिर शुरु भएको हो । हिजोबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष सकिएपछि आज फेरि बैठक बोलाइएको छ...

अझै तीन दिन मौसम बदली हुने
-न्युजभित्तो

काठमाडौँ, २ माघ ।  अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य...

कक्षा १२ को नतिजा दश दिनभित्र
-न्युजभित्तो

काठमाडौँ, १ माघ । राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।...