सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/२६ माघ २०७७, सोमबार २१:२० 
  • चितवन,२६ माघ । संबिधानका पिता,नेपाली कांग्रेसका पुर्व पाटी सभापति स्व:सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कल जिल्ला कार्यसमिति चितवनले आज मानव सेवा आश्रममा खाना खुवाएको छ।

    भरतपुर १०बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा भएको कार्यक्रम नेपाली कांग्रेसका पुर्व जिल्ला पार्टी सभापति,संबिधान सभा सदस्य रामकृष्ण घिमिरे को प्रमुख आतिथ्यतामा भएकोको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचीव राजिव न्यौपाने,नेपाली कांग्रेस भरतपुर महानगरका प्रवक्ता सुरज पाठक बिशिस्ट अतिथी रहनुभएको सो कार्यक्रम सुशील कोइराला सोसलिस्ट युथ सर्कल जिल्ला कार्यसमिति चितवनका अध्यक्ष अमृत मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो।

    उक्त कार्यक्रम मानव सेवा आश्रममा रहेका ७० जना अनाथ,बेसहारा,अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाइएको हो।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले सुशील कोइरालाको नामबाट स्थापित सर्कलले उहाँकै स्मृति दिवसमा गरेको पुण्य काम सरहानीय भएको बताउदै स्व:सुशील कोइरालाप्रती श्रद्धासुमन अर्पण गर्दै उहाँले देखाउनुभएको बाटोमा र उहाँले बिताउनुभएको सरल जीवनको पाठ हामी सबैले सिको गर्न पर्नेमा जोड दिनुभयो।

    उक्त कार्यक्रममा नेपाल बिद्यार्थी संघका सह-सचिव सुवास कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.