सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै


  •    न्युजभित्तो/२७ माघ २०७७, मंगलवार ०९:५४ 
  • टेकराज पोखरेल आनन्द
    चितवन, २७ माघ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७र७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले निकुञ्जभित्र नयाँ र पुराना गरी एक हजार ४४३ हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण तथा व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । “हामीले नयाँ घाँसे मैदान निर्माणका लागि बोलपत्र माग गर्दा तोकिएको रकमभन्दा ४२ प्रतिशत कम रकममा बोलपत्र परेको छ”, अधिकारीले भन्नुभयो, “अहिले एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माणको काम भइरहेको छ, त्यो बोलपत्रबाट बचेको बाँकी रकमले पुनः एक हजार ४५ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान व्यवस्थापन गर्नेगरी बोलपत्र प्रक्रियामा गएका छौँ ।”

    अधिकारीले पछिल्लो बोलपत्रको काम पनि यसै आर्थिक वर्षमा सक्ने गरी हुने भन्दै यस वर्ष निकुञ्जले दुई हजार ८८ हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान निर्माण गर्ने जानकारी दिनुभयो । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हामीलाई नयाँ घाँसे मैदान निर्माणका लागि रु तीन करोड ५० लाख आएको थियो”, अधिकारीले भन्नुभयो, “शुरुको बोलपत्रबाट आधा रकम बचत भएपछि पुनः बोलपत्र गरेर थप क्षेत्रफलमा घाँसे मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।” निकुञ्जले ४०० हेक्टर क्षेत्रफलमा पुरानो घाँसे मैदान व्यवस्थापनका लागि रु एक करोड बजेट पाएको थियो ।

    निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसे मैदानको रूपमा लिइन्छ । निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसे मैदान रहेको छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि लिएर ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसे मैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी क्षेत्र मानिने निकुञ्ञजका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

    निकुञ्जका जनावरका लागि मात्रै नभएर जैविक विविधता संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसे मैदानले ठूलो भूमिका खेल्ने बरालको भनाइ छ । “निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसे मैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्”, बरालले भन्नुभयो, “निकुञ्जको घाँसे मैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।” निकुञ्जमा माइकेनिया, काँडे वनमारा, पार्थेनियम, सेतो वनमारालगायतका मिचाहा प्रजातिका झारका कारण घाँसे मैदानको क्षेत्रफल साँघुरिँदै गएको बरालले बताउनुभयो ।

    “वनमारासहित झाडी प्रजाति असारे, बेतघारे, बिलाउनेघारी घाँसे मैदानमा अनियन्त्रितरूपमा कोलोनी बनाइ बढेको देखिन्छ”, बरालले भन्नुभयो, “यी प्रजातिका झार मासेर घाँसे मैदान निर्माणको काम अगाडि बढाएका छौँ ।” निकुञ्जभित्रको घाँसे मैदानमा हुर्किएका रुख प्रजातिसमेत घाँसे मैदान संरक्षणमा चुनौती हुने उहाँले बताउनुभयो । सन् १९७० को दशकमा निकुञ्जको २० प्रतिशतभन्दा बढी भागमा घाँसे मैदान रहेको भए पनि प्राकृतिक चक्रका कारण तथा घाँसे मैदानमा क्षेत्रगत एवं गुणात्मकरूपमा क्रमिक ह्रास हुँदा हाल १० प्रतिशतमा झरेको हो ।

    निकुञ्जले यस आव २०७७र७८ मा सुखीभार, लामिताल पश्चिम खण्ड, खरमुजुर फाँटा, घटगाईं कछुवानी, डुमरिया, बोटेसिमरा, खोरियामुहान र पदमपुरलगायत ३० स्थानमा घाँसे मैदान विस्तारको काम गरिरहेको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । उहाँका अनुसार पुरानो १५ स्थानमा समेत घाँसे मैदान व्यवस्थापनको काम हुँदैछ । घाँसे मैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस÷ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रुख हटाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउनेजस्ता काम हुने बरालले बताउनुभयो ।

    घाँसे मैदान व्यवस्थापनपछि निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम घट्ने निकुञ्जको विश्वास रहेको छ । यस वर्षको सात महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न कारणले २३ गैँडाको मृत्यु भइसकेको छ । सन् २०१५ मा भएको गैँडा गणनाअनुसार नेपालमा रहेका ६४५ गैँडामध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.