राष्ट्रिय

चितवनका दुई अस्पतालमा एकै दिन चार संक्रमितको मृत्यु
-न्युजभित्तो

 चितवन, २० वैशाख । चितवनमा एकै दिन आज सोमबार चार जना कोरोना भाईरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) (सिएमएस) मा एक जनाको मृत्यु भएको...

टी ट्वान्टी वरियतामा नेपालको सुधार
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख ।  अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा...

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
-न्युजभित्तो

काठमाडौं,२० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने भएका छन्। अहिले साँढे तीन बजे देशबासीको नाममा सम्वोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा आज ३ः३०बजे प्रधानमन्त्रीले देशबासीको नाममा...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-न्युजभित्तो

काठमाडौं,२० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् । अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने बताइएको छ । तीव्र गतिमा...

मोरङमा सामाजिक सुरक्षा कोष सञ्चालन
-न्युजभित्तो

विराटनगर, २० वैशाख । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाई सञ्चलनमा ल्याएको छ । सरकारले २०७६ साउन देखिलागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा...

राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र...

काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख  । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ । कोरोना महामारीको पहिलो...

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण
-न्युजभित्तो

बनेपा, २० वैशाख । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा...

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार...