सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा एकैरात १० जना कोरोना संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १२:३० 
  • रूपन्देही, २३ वैशाख । बाँकेमा एकैरातमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

    मंगलबार र बुधबार मृत्युदरमा कमी आएको थियो । यो अवधिमा जिल्ला बाहिरका १ र जिल्ला भित्रका ९ जनाको मृत्यु भएको छ ।

    बैशाख १७ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको बुधबार बेलुका ६ः१५ बजे मृत्यु भएको भएको थियो । बैशाख १९ गते भेरीमा भर्ना भएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको बुधबार बेलुका ७ः३० मा मृत्यु भएको थियो ।

    त्यसैगरि बुधबार राती ८ बजे भेरी अस्पतालमै उपचाररत नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको मृत्यु भएको थियो भने त्यसको २० मिनेट पछि नेपालगन्ज १० का २७ वर्षिय युवाको मृत्यु भएको थियो ।

    बुधबार बेलुका ७ बजे नै भेरी अस्पतालमै भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो भने बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो ।

    बैशाख १९ गते भेरीमा भर्ना भएका नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको मध्यराती १२ बजे मृत्यु भएको थियो । बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर १ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

    यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका मध्य १२७ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.