राष्ट्रिय
बुटवल,२५ कात्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार रातिदेखि लागू हुनेगरी भएको मूल्यवृद्धि विरुद्ध बुटवलमा विद्यार्थीले चक्काजाम गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले...
काठमाडौँ, २५ कात्तिक । सरकारले कोरोना महामारीको समयमा रोजगारी गुमाएकै कारण जीविकोपार्जनको गर्न कठिन भएका अति विपन्न पाँच लाख परिवारलाई राहत रकम लिनका निवेदन दिन आह्वान गरेको छ। सरकारले राहतस्वरूप रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति...
राजविराज, २५ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा...
चितवन, २५ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा...
पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका...
बैतडी, २५ कात्तिक । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय...
काठमाडौं,२५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था एवं सम्बद्ध सबैमा आह्वान गरेकी छन्। राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त...
काठमाडौ,२५ कात्तिक। सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो...
काठमाडौं, २५ कात्तिक । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०(१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी...
चितवन, कार्तिक २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया र सचिवमा टिकाराम सुवेदी चयन हुनु भएको छ । यसअघि महानगरकमिटी सचिव रहनु भएका थपलियालाई अध्यक्ष पदमा सर्वसम्मत अध्यक्ष चयन गरिएको हो । सचिव सुवेदी पूर्व...













