चितवन, २८ कात्तिक । नेपाल तरुणदल चितवनका कोषाध्यक्ष भिष्म अधिकारीलाई पितृ शोक परेको छ । उहाँका ६८ वर्षिय पिता प्रजातन्त्रका सेनानी शेषकान्त अधिकारीको निधन भएको छ । उहाँको शनिबार राती १२ः१० वजे उहाँकै निबास कृष्णपुरमा निधन भएको हो । वि. सं. २०१० साल फगुन १० गते लमजुङ्को दुराडाडामा जन्मनुभएका अधिकारीको ६८ वर्षको उमेरमा निधन भएको हो ।
अधिकारी काँग्रेसले २०४२ सालमा सञ्चालन गरेको सत्याग्रहमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अधिकारीको निधनले सिंगो काङ्ग्रेसलाई अतुलनिय क्षती पुगेको बताउनुभयो । काँग्रेस माडीका नेता अधिकारीको एक श्रीमाती दुई छोरा, एक छोरी एक बुहारी र दुई नातिनातिना रहेका छन् ।
उहाँका दुई छोरा मध्ये एक विजय अधिकारीको निधन भई सकेको छ भने अर्का छोरा भिष्म अधिकारी व्यवसाय संगै काँग्रेसको राजनितिमा सक्रिय हुनुहुन्छ । भिष्म तरुणदल चितवनका कोषाध्यक्षको रुपमा काम गर्दै आउनु भएको छ भने १४ औं महाधिबेशनमा जिल्ला सदस्यको उम्मेदवारको रुपमा आँफुलाई अघि सार्नु भएको छ ।