चितवन, २८ कात्तिक । जिल्लामा रहेका एचआईभि संक्रमित नबजात शिशुका लागि आबश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा बिगत ६ महिना देखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आबश्यक आबश्यक पर्ने औषधिको अभाव भएको हो ।
फाउण्डेसनले बिगत ६ महिना देखि औषधिको अभाव भएको जनाएको छ । भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापि क्लिनिक (एआरटि)का सम्पर्क व्यक्ति तथा वालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार क्लिनिकमा अहिले नवजात शिशुहरुका लागि आबश्यक पर्ने जिडोभूटीन नामक औषधिको अभाव भएको हो । उहाँले भन्नुभयो “यो औषधि उच्च जोखिममा रहेका बालबालिकाहरुका लागि दिइने गरिन्छ ।”
नियमित औषधि सेवन नगर्ने आमा, प्रसुति हुने अबस्थामा सङ्क्रमण पुष्टि भएकी आमा र एचआईभि सङ्क्रमण पुष्टि भएर औषधि सेवन गरेको ८ हप्ता नपुग्दै बच्चा जन्माउने आमाबाट जन्मिएका बच्चाहरुमा यो औषधिको प्रयोग हुने गर्दछ । झोलमा पाईने यो औषधि निशुल्क हुने भए पनि अहिले उपलव्ध हुन नसकेको वसौलाले जानकारी दिनुभयो । यो औषधि एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई तीन महिना सम्म नियमित खुवाउनु पर्ने हुन्छ ।
जिल्लामा सन् २०२१ को हाल सम्म १२ जना सङ्क्रमित आमाले १३ जना वच्चा जन्माएका छन् । ती मध्ये पाँच जना उच्च जोखिममा रहेका छन् । उनीहरुलाई औषधिका अभावका कारण सङ्क्रमण हुने होकी भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “उच्च जोखिममा रहेका बच्चाको लागि औषधि छैन ।”
कम जोखिममा रहेका बच्चाहरुलाई ६ हप्ता सम्मका लागि नेभिरापिन नामक औषधिको प्रयोग गर्नु पर्ने हुन्छ । उच्च जोखिममा रहेका बालबालिकाहरुलाई समेत सोही औषधिको प्रयोग गराइएको उहाँको भनाई थियो । एचआईभि सङ्क्रमित आमाबाट जन्मिएका बच्चाहरुलाई दुई घण्टा भित्र यो औषधि खुवाउनु पर्ने हुन्छ । यस्तै अहिले क्लिनिकमा अन्य रोगको सङ्क्रमण रोकथामका लागि प्रयोग हुने कोटीमोक्साजोल र क्षयरोगका बिरामीले प्रयोग गर्ने आइपिटि नामक औषधि बिगत १० महिना देखि अभाव रहेको उहाँले वताउनु भयो । यी औषधिका कारण अहिले ३ सय जना बिरामी प्रभावित भएको बसौलाको भनाई छ ।
सरकारले समयमा औषधि खरिद गर्न नसक्दा समस्या आएको उहाँले जानकारी दिनुभयो ।