सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान


  •    न्युजभित्तो/२८ कार्तिक २०७८, आईतवार १६:५० 
  • चितवन, २८ कात्तिक  ।  जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ ।

    राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो । देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ । उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ । पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् । प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन् । प्रतिनिधि बाहेकका पनि पार्टी शुभेच्छुक यहाँ आएको उहाँले जानकारी दिनुभयो ।

    नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि हुनेछन् । यसका अतिरिक्त सोही सङ्ख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान गरिएको छ ।

    सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन् । पार्टीले चार हजार बेड बुकिङ गरिसकेको छ । सौराहाको क्षमता ६ हजार ५०० शय्या हो । क्षेत्रीय होटल सङ्घका अनुसार मङ्सिर ९ गतेदेखि १२ गतेसमम सौराहाका सबै कोठा बुकिङ भइसकेका छन् । ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो ।

    बन्द सत्र हुने सौराहा चितवन क्षेत्र नं १ मा पर्दछ । सो क्षेत्रका सांसदसमेत रहनुभएका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो । नेकपा एमालेको महाधिवेशनमा मात्रै रु आठ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन् । नेता पाण्डेले भन्नुभयो “एक दिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ ।” प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ । यससँगै यहाँको पर्यटन देशभर प्रवद्र्धन हुने उहाँको भनाइ छ । देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पु¥याउने देखिएको छ ।

    नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मङ्सिर १८ र १९ गते नारायणगढमा हुँदैछ । उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैँडाकोटका होटलमा राखिँदैछ । महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ ।

    दुईवटा पार्टी र एउटा भातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसले व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । कोभिडका कारण प्रभावित भएका होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उहाँले जानकारी दिनुभयो । ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उहाँको विश्वास छ ।

    होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताउनुभयो । यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ । कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उहाँले बताउनुभयो । यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रको बारेमा देशभर प्रचारप्रसार हुने व्यवसायी चुकेको भनाइ छ ।

    नेकपा (माले) को नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्याण्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.