राष्ट्रिय
काठमाडौँ, ११ मङ्सिर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी...
ललितपुर, ११ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताउनुभएको छ । दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा...
चितवन,११ मंसिर । नेकपा(एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहा स्थित होटल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन । विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको...
चितवन, ११ मंसिर । सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन । आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् । शुक्रबार बसेको केन्द्रीय...
बनेपा, ११ मङ्सिर । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद...
भक्तपुर, ११ मङ्सिर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख...
सौराहा, ११ मङ्सिर । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त...
भरतपुर, १० मङ्सिर । नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताउनुभएको छ । चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उहाँले...
काठमाडौं,१० मंसिर । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै पोखरेलले राष्ट्रिय स्वाधिनता र विकासमा मतभेद हुन नहुने बताए । ‘कम्युनिष्ट आन्दोलन अगाडि...
चितवन,१० मंसिर । यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ । सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । स्मार्ट सवारीचालक अनुमतिपत्र भएका...











