सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निः शुल्क आयुर्वेदिक औषधि वितरण


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १४:३२ 
  • कञ्चनपुर, १४ मङ्सिर। शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् ।

    गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारीदिनुभयो । कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उहाँले बताउनुभयो ।

    “स्वास्थ्यवद्र्धक र रोगप्रतिरोधी औषधिको माग बढ्दै गएको छ” उहाँले भन्नुभयो, “नगर प्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृस्तर अन्य कर्मचारीलेसमेत औषधालयबाट निःशुल्क उपलब्ध हुने औषधिको प्रयोगमा जोड दिँदै आएका छन ।”

    कोरोनाको सङ्क्रमण अघिसम्म थोरै मात्रै बिरामी आयुर्वेदिक औषधलयमा उपचारका लागि पुग्ने गरेको उहाँले बताउनुभयो । “हाल बिरामीले आयुर्वेदिक औषधिको महत्व बुझ्दै जान थालेपछि औषधिको पु¥याउनै मुस्किल हुन थालेको छ” कविराज शाहले भन्नुभयो, “बिरामीको चापसमेत थेग्नै नसक्ने गरी बढेको छ ।” सरकारी आयुर्वेदिक औषधि उपलव्ध गराउने र उपचार गर्ने एक मात्रै औषधालय भएकाले पनि बिरामीको चाप बढेको उहाँको भनाइ छ ।

    उहाँका अनुसार आव २०७७÷७८ को असार मसान्तसम्म औषधालयबाट चार हजार ४७६ बिरामीले सेवा पाएका छन । जसमध्ये सबै भन्दा बढी वातव्याधिका एक हजार ३८४, अम्लपित्तका ७४८, स्वासप्रश्वास सम्बन्धिका ४३७, गुदविकारका २१५, स्त्रीरोगका ११३, उदररोगका २५६ जनाले सेवा पाएका छन् ।

    यी रोगसँगै ज्वर, श्वसन विकार अतिसार, प्रमेह, कामला, पाण्डु, हृदयसम्बन्धी, रक्तचाप, सोथ, कृमि, छालारोग, आघातज, आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाईसमेत औषधालयबाट लाभान्वित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.