सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष थापाद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १३:५२ 
  • काठमाडौँ, १४ मङ्सिर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले पार्टी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी मङ्सिर २४ देखि हुन लागेको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफूले उम्मेदवारी दिने जानकारी दिनुभयो ।

    पत्रकार सम्मेलनमा अध्यक्ष थापाले स्रष्टा, संस्कृतिकर्मीको हक, हित, अधिकार संरक्षण गर्न आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो । “समावेशी, समानुपातिक प्रतिनिधित्व हुने गरी बनेको संविधानले संस्कृतिकर्मीको हक र अधिकारलाई समेट्न सकेको छैन, कलाकर्मीको हक, अधिकार, सम्मान र प्रतिनिधित्वका लागि मैले केन्द्रीय सदस्य पदमा उम्मेदवार दिन लागेको हुँ,” उहाँले भन्नुभयो ।

    उहाँले सहमति, सहकार्य, एकता र मेलमिलापलाई शिरोपर गर्दै गुटउपगुट, घात, अन्तर्घात, जालझेल–षड्यन्त्रलाई अन्त्य गर्दै हिमाल, पहाड र तराईको ‘संयोजक कांग्रेस’ निर्माण गर्न सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिन लागेको बताउनुभयो ।

    केन्द्रीय सदस्य पदमा घोषणा गर्नुभएका अध्यक्ष थापा कांग्रेसको क्षेत्रीय अधिवेशनमा लमजुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.