सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्टरपोलको महासभामा भागलिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १५:४५ 
  • काठमाडौँ, १४ मङ्सिर ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

    टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता हुनुभएको छ ।

    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा स्वागत गर्नुभयो । ८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

    महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौजना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

    महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना (२०२२–२०२५) कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, युएई, दक्षिण कोरिया, बङ्गलादेश, टर्कीलगायत मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.