राष्ट्रिय
नवलपुर, २३ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका...
बैतडी, २३ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो । माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द,...
काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशैभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र उर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित...
लमजुङ, २३ मङ्सिर । मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा...
काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा...
चितवन, २३ मङ्सिर । प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको केन्द्रीय...
काठमाडौँ,२३ मङ्सिर । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार...
मार्तडी,२३ मङ्सिर । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका...
चितवन,२३ मङ्सिर । विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् । दुई–दुई...
काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन...











