राष्ट्रिय

सिरहाको छुरा प्रहार घटनामा ६ जना पक्राउ
-न्युजभित्तो

जनकपुरधाम,७ पुस । सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए । उक्त...

महोत्तरीमा विद्यालय केन्द्रित खोप दिन सुरु
-न्युजभित्तो

महोत्तरी, ७ पुस । यहाँका सामुदायिक विद्यालयका छात्रछात्रालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन थालिएको छ । आज जिल्लाका सात स्थानीय तहका सबै सामुदायिक विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका छात्रछात्रालाई खोप दिन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालय...

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिनुभएको छ । समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण...

पुनर्निर्माणको बाँकी काम पूरा गर्न बजेटको कमी हुँदैन : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पूरा गर्न बजेटको कुनै कमी हुन नदिने बताएका छन् । प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा यस्तो बताएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत...

प्रतिनिधिसभाको बैठक आजपनि प्रमुख प्रतिपक्ष एमालेद्वारा अवरुद्ध
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा...

कांग्रेस केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ । खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट...

प्रधानन्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं,७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराएका...

सन् २०२२ भित्र कोरोना महामारी अन्त्य गर्न एकजुट बनौं: डब्लुएचओ
-न्युजभित्तो

काठमाडौं ७ पुस ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ ओमिक्रोन भेरियन्ट पहिलो पटक...

अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ ८ दिनपछि भेटिए
-न्युजभित्तो

सुर्खेत,७ पुस। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा...

चितवनमा पाँच दिनको अवधिमा मरे तीन गैंडा
-न्युजभित्तो

चितवन,७ पुस। चितवनमा पाँच दिनको अवधिमा तीनवटा गैंडा मरेका छन् । गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं १६ मा एक गैंडा मृत फेला परेको थियो । सिद्धीगणेश सामुदायिक वनबाट नजिकै रहेको विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस...