सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बौद्धनाथ महाचैत्यमा हावाले नच्यातिने लुङ्दर


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १५:१६ 
  • काठमाडौँ,१३ पुस । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको महाचैत्यमा हावाले नच्यातिने लुङ्दर राखिएको छ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले दाता आएपछि बौद्ध महाचैत्यको लुङ्दर परिवर्तन गर्दै आएको छ । पहिले हावा लाग्दा लुङ्दर च्यातिने गथ्र्यो ।

    लुङ्दर च्यातिएर विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र प्रदूषित भएकाले नच्यातिने गुणस्तरको राख्न थालिएको हो । दाताले लुङ्दर परिवर्तनका लागि गुठीलाई नगद दान दिने गरेका छन् । लामो समयसम्म पनि दाता नआए गुठीकै स्रोतबाट परिवर्तन गर्ने गरिएको व्यवस्थापक अनमोल श्रेष्ठले जानकारी दिए ।

    महाचैत्यको पेटसम्म रङ्रोगनसहित लुङ्दर परिवर्तन गर्न चाहने दाताका लागि रु ४५ हजार, मण्डलासम्मका लागि रु ९० हजार र माने पर्खालसम्मका लागि रु एक लाख ५० हजार शुल्क तोकिएको छ । उक्त शुल्कमा दाताले अजिमास्थानमा पूजासहित १०८ दीप प्रज्ज्वलन गर्न पाउँछन् ।

    महाचैत्य र चैत्यमा लुङ्दर राखेर आकर्षकरुपमा सजाउने गरिन्छ । लुङ्दरसँगै महाचैत्यको माथिल्लो भागमा घेरिएको कपडा पनि दाताले बेला बेलामा फेर्न सहयोग गर्दै आएका छन् । चैत्यको माथिल्लो भागमा घेरिएको कपडालाई स्वयम्भू भनिन्छ । एक दुई दिनमै नयाँ दाता आएर लुङ्दर परिवर्तन गर्न र स्वयम्भू काठमाडौँ बाहिरका गुम्बामा लैजान विभिन्न जिल्लाबाट लामा आउने गर्छन् ।

    लुङ्दर र स्वयम्भू लिन आउने लामाको बौद्ध क्षेत्रमा भीड लाग्ने गर्छ । पालो कुरेर विभिन्न जिल्लामा रहेका गुम्बाका लामाले लुङ्दर र स्वयम्भू लैजाने परम्परा छ । विभिन्न जिल्लाबाट आउने लामा पालो कुरेर बस्ने भएकाले बौद्ध महाचैत्यमा लुङ्दर र स्वयम्भू व्यवस्थापनमा समस्या नरहेको व्यवस्थापक श्रेष्ठले बताए ।

    बौद्धनाथ क्षेत्रमा आउने पर्यटकका लागि पहिले माथिको खुड्किलासम्म गएर महाचैत्य घुम्न दिने गरिएकामा कोरोनाको महामारी फैलिएपछि विसं २०७६ चैतदेखि बन्द गरिएको गुठीले जनाएको छ । खुड्किला चढ्न दिने तयारी गरिएकै बेला विश्वभर ओमिक्रोन नामको नयाँ भेरियन्टसहितको कोरोना फैलिन थालेकाले हाललाई केही समय बन्द नै गरिने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.