सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

न्यायिक समितिमा पीडितका मुद्दा


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १५:०५ 
  • दोलखा, १३ पुस । स्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् ।

    दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१ मुद्दामध्ये ८३२ को मिलापत्र भएका छन् । बाँकी २७ मुद्दा अदालतमा पठाइएका छन । १८८ मुद्दा प्रक्रियामा रहेको बताइएको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा दर्ता भएको २३८ मुद्दामध्ये १६९ को मिलापत्र भएका छन् । छवटा अदालतमा पठाएका छन् भने ६३ मुद्दा प्रक्रिमा रहेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताउनुभयो ।

    उपप्रमुख बस्नेतका अनुसार प्राप्त उजुरीको विश्लेषण गर्दा साध, सिमाना, जग्गा विवाद, गाली बेइज्जती, ढल निकासालगायतका रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन को ४७ को अनुसार ९७ र सोही दफाको २ अनुसार १४१ वटा मुद्दा दर्ता भएका थिए । मेलुङमा ४६ मुद्दा दर्ता भएका थिए जसमा २९ मिलापत्र र १७ मुद्दा प्रक्रियामा रहेको उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो ।

    बैतेश्वर गाउँपालिकामा दर्ता भएका १३९ मध्ये १११ मिलापत्र भइसकेको र बाँकी २८ प्रक्रियामा रहेको जनाइएको छ । तामाकोशी गाउँपालिकामा दर्ता भएका ८८ मुद्दामध्ये ७७ मिलापत्र र ११ प्रक्रियामा छन् । गौरीशङ्कर गाउँपालिकामा दर्ता भएका ८८ मध्ये तीन अदालतमा पठाइएको छ भने ७७ मिलापत्र भइसकेका छन् । बाँकी आठ प्रक्रियामा रहेको समितिले जनाएको छ ।

    जिरी नगरपालिकामा दर्ता भएका १६९ मध्ये १०६ मिलापत्र भएका छन् । १४ अदालत पठाइएको छ भने बाँकी ४९ प्रक्रियामा छन् । त्यसैगरी शैलुङ गाउँपालिकामा दर्ता भएका १२७ मध्ये एउटा जिल्ला अदालत पठाइएको छ । १२६ मुद्दाको मिलापत्र भएको छ । कालीञ्चोक गाउँपालिकामा दर्ता भएको १०३ मध्ये ९८ मिलापत्र भएका छन् । पाँच प्रक्रियामा छ । विगु गाउँपालिकामा ४३ मध्ये ३३ मिलापत्र भएका छन् । तीन अदालतमा पठाएका छन् भने बाँकी सात प्रक्रियामा छ । सबैभन्दा बढी मुद्दा भीमेश्वर नगरपालिका र कम विगु गाउँपालिकामा दर्ता भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.