सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १६:०१ 
  • काठमाडौँ, १३ पुस । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहनुभएका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको नेता पुनको सचिवालयले जनाएको छ ।

    उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी हुनुहुन्थ्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गर्नुभएको हो ।

    “उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो”, नेता पुनको सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो ।

    चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताउनुभएको थियो । थप उपचारका लागि चीन पुग्नुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उहाँ द्विपक्षीय भेटवार्तामा जुट्नुभएको हो ।

    वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहनुभएका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत हुनुहुन्छ । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद््घाटन अघि नै नेपाल आउन चाहनुभएका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित हुनु भएको हो । चिकित्सकको सल्लाह पछि अब छिट्टै नेपाल फर्कने उहाँको सचिवालयले जनाएको छ । जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक जानुभएको थियो । उहाँको गत मङ्सिर १० गतेदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराउनुभएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.