सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुरुकुल चलाउन धार्मिक महोत्सव


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १४:५८ 
  • बागलुङ, १३ पुस । काठेखोला गाउँपालिका–५ रामकोटधाममा परमानन्द संस्कृत गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर बिहुँकोट धार्मिक महोत्सवको आयोजना गरिएको छ । आउँदो माघ १ देखि ७ गतेसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

    महोत्सवको मूल सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अनुसार विगतको सशत्र द्वन्द्वताका गुरुकुल पाठशाला बन्द हुने पुगेको थियो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजका पालामा उक्त गुरुकुल सञ्चालनमा आएको थियो । समाजकै परिकल्पना र सङ्कल्पमा धार्मिक महोत्सव आयोजना हुन लागेको संस्थाका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । महोत्सवको व्यवस्थापकीय तयारीका लागि ३६ वटा विभाग गठन गरी कामको जिम्मेवारी दिइएको उहाँको भनाइ छ ।

    महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । महोत्सवमा स्थानीय संस्कृतिको झाँकी प्रर्दशनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्कीर्तन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम हुनेछन् ।

    महोत्सवमा धौलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने आयोजकको दाबी छ । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च हुने अध्यक्ष सुवेदीको भनाइ छ । गुरुकुल पुनःसञ्चालनको पवित्र उद्देश्य राखेर महोत्सव गरिनु सुखद् रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताउनुभयो ।

    संस्कृत पाठशालाले सनानत भाषा, संस्कृति र शिक्षाको संरक्षणमा टेवा पुग्ने उहाँको विश्वास छ । रामकोटधामका प्रधान संरक्षक एवं राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००० स्वामी ज्ञानानन्द सरस्वतीले धार्मिक पर्यटनको प्रवद्र्धन र संस्कृत पाठशाला सञ्चालानार्थ आयोजित महोत्सवमा सबैले सहयोगको हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले वैदिक सनातन धर्म, संस्कृति जोगाउन सबै कस्सिनुपर्ने बेला आएको बताउनुभयो । पछिल्लो समय धार्मिक गन्तव्यस्थलका रुपमा विकास भइरहेको रामकोटधामको प्रचारप्रसारमा पनि महात्सव सहयोगी बन्ने उहाँको भनाइ छ । धाम परिसरमा कलात्मक त्रिपुरेश्वर महादेव मन्दिर र गण्डकी प्रदेशकै ठूलो शिवलिङ्गसमेत छ । त्यस धाममा बर्सेनि ज्येष्ठ ११ मा रथयात्रासँगै महामेला गर्ने प्रचलन छ । यस्तै बालाचर्तुदशी, शिवरात्रिलगायतमा पर्वमा पनि धार्मिक अनुष्ठान चल्छन् । वैदिक विधिद्वारा दैनिक पूजाआजा हुने भएकाले रामकोटधाम श्रद्धालुको रोजाइमा छ । सदरमुकाम बागलुङ बजारदेखि २० किमी सडकयात्रामा त्यहाँ पुग्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.