राष्ट्रिय

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा
-न्युजभित्तो

कनकाई, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताउनुभएको छ । देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा...

पुनः वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने...

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले...

पृथ्वी जयन्तीका दिन चितवनमा साँस्कृतिक झाँकि निकालिने
-न्युजभित्तो

चितवन,२० पुस । राप्रपा चितवनले पृथ्वी जयन्ती भव्यरुपमा मनाउन ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । राप्रपा चितवनको विशेष बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको जिल्ला प्रवक्ता...

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध
-न्युजभित्तो

रसुवा, २० पुस । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर...

देशभर आज थप ३९३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२० पुस । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना...

नेपाली सेनाको प्रवक्तामा सिल्वाल
-न्युजभित्तो

काठमाडौँ, २० पुस । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उहाँले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत हुनुहुन्छ । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने...

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की
-न्युजभित्तो

विराटनगर, २० पुस । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा...

तनहुँ जलविद्युत् आयोजनाः रु एक अर्ब ३० करोड मुआब्जा वितरण
-न्युजभित्तो

दमौली, २० पुस। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा...

सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको वाग्मतीको पानी अध्ययन
-न्युजभित्तो

काठमाडौँ, २० पुस । वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ । वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना...