सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक करोडको लागतमा फर्निचर स्वरुम


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १६:५७ 
  • चितवन २८ पुस । भरतपुर महानगरपालिका १० रिजालचोकमा अन्तराष्ट्रिय स्तरको नेचुरल फर्निचर तथा फर्निसिङ शोरुम सञ्चालनमा आएको छ ।

    उद्योग वाणिज्य महासंघका पूर्व उपाध्य तथा मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कणिकर र बरिष्ठ नायक आर्यन सिग्देलले उक्त फर्निचर तथा फर्निसिङ शोरुमको नेपाल उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै कणिकारले ग्राहकको चाहना अनुसार व्यवसाय गर्न जरुरी रहेको बताउनुभयो । अहिले कार्यालयमा र घरमा आबश्यक पर्ने फर्निचरहरु गुणस्तरीय पाउन कठिन हुने भन्दै उहाँले यसले वजारको मागलाई सम्बोधन गर्न सहज हुने वताउनुभयो ।

    भरतपुरमा विशेषगरी कार्यालय प्रयोजनका सामग्रीका फर्निचर विक्री वितरण गर्ने केन्द्रको अभाव र स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै उक्त फर्निचर सञ्चालनमा ल्याएको नेचुरल फर्निचर प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक घनश्यम पौडेल श्यामले बताउनुभयो । उहाँले अहिले फर्निचर र फर्निसिङको विक्री वितरणबाट व्यवसाय सुरु गरिएपनि केही समयपछि यस क्षेत्रमा उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । उहाँले चितवनमा सर्वशुलभ ढङ्गबाट स्तरीय फर्निचर सामग्रीको विक्री वितरण गर्ने बताउनुभयो ।

    उक्त शोरुम एक करोडको लगानीमा सञ्चालनमा ल्याइएको हो फर्निचर तथा फर्निसिङ शोरुममा अफिसियल, घरयासी, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गर्ने उहाँको भनाई छ । त्यस्तै फर्निसिङ सम्बन्धि पर्दा, कार्पेट लगायत घर अफिस सजावटका सामानहरु उपलब्ध हुनेछन् । नेचुरल फर्निचरले अन्तराष्ट्रिय बजार चाइना, भारत, इन्डोनेसिया र भेदनामबाट ल्याइएका सामग्रीहरुको विक्री वितरण गर्नेछ । भने केही समयपछि स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर विदेशीभन्दा कम नहुने सामग्री उत्पादन गर्ने जनाएको छ । फर्निचर तथा फर्निसिङ शोरुमको उद्घाटनका अवसरमा ग्राहकले उक्त शोरुमबाट सामान किन्दा एक हप्तासम्म २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । फर्निचरको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले यस फर्निचरले चाँडै नै स्वदेशी उत्पादन सुरु गर्ने लक्ष्य लिएको भन्दै आफुले यस क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.