सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई गोलले पछि परेको स्थिति उल्टाउदै यात्राको कमब्याक जित


  •    न्युजभित्तो/२८ पुष २०७८, बुधबार १६:१२ 
  • चितवन,२८ पुस । दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्रा ग्रुप भरतपुरले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नाटकीय कमब्याक जित निकालेको छ।

    आज (बुधबार) भएको पहिलो खेलमा यात्राले सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवनलाई ३-२ ले पाखा लगायो । निकै रोमाञ्चक खेलमा यात्रालाई जिताउन सुरजराज भण्डारी, प्रविण श्रेष्ठ र विवेक राईले गोल गरे । एभरेष्टका मनिष आले मगर र शक्ति गुरुङले गोल गरे ।

    खेलमा एभरेष्टले यात्राविरुद्ध सुरुवाती २ गोलको अग्रता लिएको थियो । १५ औं मिनेटमा मनिषले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा शक्तिले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए ।

    दुई गोलले पछि परेको यात्रा पहिलो हाफको अन्त्य तिर खेलमा फर्कियो । पहिलो हाफको अन्तिम २ मिनेटमा दुई गोल गर्दै यात्राले कमब्याक गर्‍यो । ३९ औं मिनेटमा सुरजले हेडर गोल गर्दै यात्रालाई खेलमा फर्काउने संकेत गरे । लगत्तै ४० औं मिनेटमा प्रविणले सुन्दर गोल गर्दै बराबरी गरे ।

    बराबरी गरेपछि उत्साहित देखिएको यात्राले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ५६ औं मिनेटमा यात्राका बिबेकले ट्याप इन गोल गर्दै एभरेष्टलाई निराश पारे । बाँकी समयमा गोल भएन र यात्रा ३-२ ले बिजयी भयो ।खेलको म्यान अद दि म्याच यात्राका प्रविण श्रेष्ठ चुनिए ।

     

    खेलपछि यात्रका प्रशिक्षक कृष्ण कार्कीले खेलाडीहरुले रणनीति अनुसार नै प्रदर्शन गरेको बताए। उनले आजको जितले अर्को खेलका लागि उत्साह थप्ने बताए ।

    जितपछि यात्राको तीन खेलबाट ६ अंक बटुलेको छ । समान खेल खेलेको रामपुरको पनि ६ अंक नै छ ।

    आजको दोस्रो खेलमा नारायणी एफसी र एस्ट्रल युथ सोसाइटी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.