राष्ट्रिय

राष्ट्रपतिद्वारा तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश जारी
-न्युजभित्तो

काठमाडौं, २२ चैत । सरकारले एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गर्नुभएको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई...

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ,२२ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा...

इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण
-न्युजभित्तो

मुग्लिन,२२ चैत। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने,...

एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी छात्राको हत्या
-न्युजभित्तो

काठमाडाैं, २२ चैत ।  उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या...

सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न गठबन्धनद्वारा सुझाव
-न्युजभित्तो

काठमाडौ,२२ चैत्र। सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको आज बसेको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले सरकारलाई देशको आर्थिक अवस्थाबारे वृहत् अन्तर्क्रिया गर्न सुझाव दिएको छ । गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर...

माडीको कुसुमखोलामा भोटको राजनीतिमा पिल्सिएकाहरू
-न्युजभित्तो

प्रतिमा सिलवाल चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले यही १३ चैतमा कुसुमखोलाका १० परिवार सुकुम्बासीका झुपडीमा लगाएको आगोमा आआफ्नै रोटी सेक्ने काममा लागेका छन्, माडी नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका पदाधिकारी, जनजातिको राजनीति गर्नेहरू । तर त्यहाँ बस्न बाध्य भएका र पारिएका...

वंश जोगाउन जब बबई र नारायणीका घडियाल गोहीको भेट गराइयो
-न्युजभित्तो

वेदबहादुर खड्का- घटना २०७६ साल फागुन ३ गतेको हो। घडियाल अनुगमन गर्ने क्रममा काठको एउटा सानो डुंगा लिएर यो पङ्क्तिकार दुई जना डुंगा चालकसहित नारायणी नदीको त्रिवेणी नजिक भेलौजीमा पुग्यो। भेलौजी क्षेत्र मानव बस्तीबाट टाढै पर्छ। त्यस क्षेत्रमा पुग्न त्रिबेनीबाट...

चुनावी रणनीति बनाउन बालुवाटारमा सत्तागठबन्धनको बैठक
-न्युजभित्तो

काठमाडौं, २२ चैत। स्थानीय तह चुनावको रणनीति तय गर्नका लागि सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्रै चुनावी तालमेलको विषयमा कुरा नमिलिरहेको स्थितिमा सत्तागठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनमा आवद्ध...

एमाले पार्टी कार्यालय अत्याधुनिक भवनमा सर्दै
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा...

भैरहवा विमानस्थलमा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने
-न्युजभित्तो

काठमाडौँ,२१ चैत। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक...