सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध


  •    न्युजभित्तो/२६ जेष्ठ २०७९, बिहीबार ०९:०९ 
  • चितवन, २६ जेठ । पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला र नारायणगढ मुग्लिन सडकको तोपेखोलास्थित नाम्सी पुलमामा पहिरोले सडक अवरुद्ध बनेको छ । नाग्दीमा बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ । अहिलेपनि पानी परिरहेको र पहिरो खस्ने क्रमपनि नरोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।

    पानी पर्न नरोकिएपछि अझै पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नाग्दी खोलामा ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने हुँदा सुरक्षित स्थानमा बस्न यात्रुहरुलाई अधिकारीले आग्रह गर्नुभयो ।

    पहिरोका कारण काठमाडौं जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।

    यस्तै नारायणगढ मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा खसेको पहिरो पन्छाउने काम सकिएको छैन । जसका कारण सवारीसाधनको चाप झन् बढेको छ । नारायणगढसम्मै सवारीसाधनको लाइन लागेको छ । हजारौं यात्रुहरु अहिले अलपत्र परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.