गर्मी अध्याधिक भएपछि ४ दिन स्कुल बन्द गर्ने निर्णय
न्युजभित्तो/२४ जेष्ठ २०७९, मंगलवार १४:४८
काठमाडौं,जेठ २४- अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालय बन्द गर्ने भएको छ ।
सामुदायिक र संस्थागत विद्यालयसँगको सहमतिमा नगरपालिकाभरका विद्यालय ४ दिनसम्म बन्द गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले जानकारी दिनुभयो।
मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द हुनेछन् । गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असर पर्ने भनी स्कुल बन्द गर्ने निर्णय भएको भट्टले बताउनुभयो । कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ ।
तातो हावा चल्दा घर बाहिर हिँडडुल गर्न समस्या हुन थालेको छ ।