राष्ट्रिय

युवतीमाथि श्रृङ्खलाबद्ध सिरिञ्ज प्रहार गर्ने कार्की पक्राउ

काठमाडौँ । काठमाडौँमा केही सातायता युवतीहरुमाथि श्रृङ्खलाबद्ध रुपमा सिरिञ्जले घोचेर त्रास फैलाउँदै आएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले रामेछापका सन्तोष कार्कीलाई पक्राउ गरेको हो । पक्राउ...

त्रिविले एएफयूको भवन बनाउन रोक्यो, कारण जग्गा विवाद

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक...

एसइई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । कार्यालयले गत वर्षदेखि...

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

काठमाडौँ । मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनमा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई...

एसइईको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसइईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । गत चैतमा सम्पन्न परीक्षामा चार लाख...

दुई लाख घुससहित सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको...

जाँच आयोगको निष्कर्ष : मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको कारण मौसमको खराबी

काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारी सवार दुर्घटनाग्रस्त हेलिकप्टर मौसमको खराबीका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगले आज पर्यटन राज्यमन्त्री धनबहादुर बुढा समक्ष बुझाएको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको मुख्य कारण मौसम...

गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँको ढल्कुबाट एकसिंगे गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर...

उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि...

लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिलाई सूचना नगरिएका...