सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्मला पन्त हत्याकाण्ड : सरकारलाई मानवअधिकार आयोगको ताकेतापत्र


  •    /१० श्रावण २०७६, शुक्रबार २२:०३ 
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा आयोगबाट गरिएको सिफारिसको कार्यान्वयनको अवस्था जानकारी गराउन ताकेता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

    आयोगका निमित्त सचिव तथा निर्देशक मुरारीप्रसाद खरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको घटना सम्बन्धमा आयोगबाट गरिएका सिफारिसको कार्यान्वयन अवस्थाका जानकारी गराउन ताकेता गर्दै आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको उल्लेख छ ।

    घटनाका सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताको बारेमा मानव अधिकारको दृष्टिकोणबाट राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान÷अनुगमन गरी गत साल माघ ९ गते आयोगबाट निर्णय भई सो निर्णय कार्यान्वयनका लागि माघ १३ मा चारबूँदे सिफारिस एवं २४ बूँदे निर्देशनसहितको पत्राचार गरेको थियो ।

    उक्त सिफारिश कार्यान्वयन गरी तीन महिनाभित्र सोको जानकारी आयोगलाई उपलब्ध गराउन अनुरोध गर्दै आयोगबाट गरिएको पत्राचारका सम्बन्धमा हालसम्म पनि कुनै जानकारी प्राप्त नभएकाले सो सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित निकायबाट अनुसन्धानमा भएको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.