सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने


  •    /१० श्रावण २०७६, शुक्रबार २१:५२ 
  • काठमाडौँ । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ ।

    प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथिको दफावार छलफलका क्रममा सांसदहरुले यसअघि व्यवस्था गरिएको राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको प्रयोग गरेर विज्ञापन बनाउने विषयलाई भने हटाउनुपर्नेमा जोड दिनुभयो ।

    ‘क्लिन फिड’ कार्यान्वयनको दफा पारित

    यसैगरी समितिको आजको बैठकले ‘क्लिन फिड’ कार्यान्वयन सम्बन्धी दफा पारित गरेको छ । समितिले पुराना सेवा प्रदायकले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । नयाँ सेवा प्रदायकले भने ऐन लागू भएकै दिनदेखि क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

    पुरानासेवा प्रदायकले क्लिन फिड्का लागि पूर्वाधार बनाउनुपर्ने भएकाले एकवर्ष समय दिइएको सभापति खड्काले बताउनुभयो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भने नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि क्लिन फिड लागू हुने व्यवस्था पारित गरेको थियो ।
    विधेयकमा संशोधन दर्ता गराउनुभएका सांसद दिव्यमणिराज भण्डारीले राष्ट्रिय उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, गान लगायतको प्रयोग गर्न नपाउने व्यवस्था उपयुक्त नहुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिनुपर्ने बताउनुभयो ।

    संशोधन दर्ता गराउनुभएका सांसद विन्दा पाण्डेले लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताका विरुद्धमा विज्ञापन गर्न नपाउने व्यवस्था हुनुपर्ने बताउनुभयो । सांसद गणेश पहाडीले संविधान विपरीतका विज्ञापन गर्न नपाइने व्यवस्थालाई विधेयकमा पनि उल्लेख गरिनुपर्ने तर्क राख्नुभयो । बैठकमा सांसदहरु बहादुरसिंह लामा (तामाङ), इन्दु शर्मा, गौरीशङ्कर चौधरी, रङ्गमती शाही लगायतले विज्ञापनलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई मार्ग निर्देशिका मानेर विधेयकमा संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउ जस्ता खानाको विज्ञापन गरेर नकारात्मक प्रभाव परेकाले पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था विधेयकमा गरिएको जानकारी दिनुभयो । जुवा खेलाउने विषयको विज्ञापन निषेध गरिएको बताउनुहँुदै उहाँले चिठ्ठा सामाजिक कामका लागि पनि प्रयोग गरिने भएकाले कानून बमोजिम विज्ञापन गर्न पाउने व्यवस्था गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.