कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु, १४ मेगावाट विद्युत केन्द्रीय ग्रिडमा जोडियो
न्युजभित्तो/२७ आश्विन २०७६, सोमबार १८:४२
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित कुलेखानी तेस्रो जलविद्युत आयोजनाले आजबाट विद्युतको उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन गरी काठमाडौँस्थित विद्युतको केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले संयुक्तरुपमा रु चार अर्ब ६३ करोडको अनुदानमा करीब १२ वर्षअघि सो आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।
उक्त आयोजनाबाट उत्पादित विद्युत अब नियमितरुपमा उत्पादन भइरहने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो आयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताउनुभयो ।
उहाँका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताउनुभयो ।
भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युतगृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको सो आयोजनाले जनाएको छ ।
केही हप्ताअघिदेखि सानुटारस्थित विद्युतगृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ ।