कास्की क्षेत्र नं २ मा रविन्द्र पत्नि विद्याको नाम सिफारिस
न्युजभित्तो/८ कार्तिक २०७६, शुक्रबार २२:३५
पोखरा । आगामी मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । भट्टराई दिवङ्गत नेता, तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्छ ।
शुक्रबार बसेको नेकपा कास्की जिल्ला कमिटीको बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । बैठकमा उपनिर्वाचनका लागि भट्टराईको एकल नाममा सबैको सहमति जुटेपछि उहाँको नाम सिफारिस गरिएको थापाले बताउनुभयो ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।