सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक मधेश एक प्रदेश हुनै सक्दैन : काँग्रेस उपसभापति गच्छदार


  •    न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार १४:५८ 
  • ललितपुर । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताउनुभएको छ ।

    गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली काँग्रेसबाट गोदावरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ काँग्रेस उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठ्नुपर्ने र मुलुकलाई विभाजन गर्न नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “म भन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेश हो । मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” उहाँले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी काँग्रेस पार्टीमा लागि परेको बताउनुभयो ।

    गच्छदारले भन्नुभयो, “यस पार्टी (नेपाली काँग्रेस)मा रहेर महङ्गी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।” गत चुनावमा नेपाली काँग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उहाँले जानकारी दिनुभयो ।

    गच्छदारले नयाँ युवा पुस्ताले पुराना व्यक्तिको कदर गर्दै उहाँहरुको योगदानलाई विर्सन नहुने बताउनुभयो । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो । गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गर्नुभयो ।

    ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.