राजनीति
भक्तपुर, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको...
अत्तरिया (कैलाली), २२ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताउनुभएका छ । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१’ आज...
पाटन (ललितपुर), २२ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका...
दमौली (तनहुँ), २२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो ।...
काठमाडौँ, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो...
दोहा (कतार), २१ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । ‘दोहा फोरम’मा सहभागी हुने क्रममा कतारमा रहनुभएका...
काठमाडौँ, २१ मङ्सिर । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उहाँले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त...
काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच मुलुकको...
काठमाडौँ, २१ मङ्सिर । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन...
काठमाडौँ, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि...

















