राजनीति
काठमाडौँ, २१ साउन । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित...
काठमाडौँ, २१ साउन । अखिल नेपाल महिला सङ्घले बहुविवाहसम्बन्धी कानुन निर्माण हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको बागमती प्रदेश समितिले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई एक ज्ञापनपत्र बुझाउँदै महिला विरोधी कानुन निर्माण नगर्न...
काठमाडौँ, २० साउन । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई...
काठमाडौँ, २० साउन । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई समानान्तर छलफल गरेर अगाडि बढाउने भएको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकमा दुवै विधेयक एकअर्काका परिपूरक भएकाले सँगै अगाडि बढाउने सहमति भएको...
प्रकाश सिलवाल आवाजा (तुर्कमेनिस्तान),२० साउन। भूपरिवेष्टित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो...
काठमाडौँ, २० साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गरी सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानविर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
काठमाडौँ, २० साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्नुभएको छ “अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरूप प्राप्त यो...
काठमाडौँ, २० साउन । नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो । ...
काठमाडौँ १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि...
गण्डकी, १९ साउन । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले...















