सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित


  •    न्युजभित्तो/१८ कार्तिक २०८२, सोमबार १६:१७ 
  • काठमाडौँ, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ ।

    माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

    मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख छ । दुई पार्टीबीच विगतमा भए गरेका वैचारिक–राजनीतिक एवं साङ्गठनिक गल्ती कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्ने, किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने सहमति भएको छ ।

    तत्कालीन अवस्थामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकताप्रति असन्तुष्टि देखाउँदै नेता किराँतीले माओवादी केन्द्र परित्याग गरी नयाँ दल गठन गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.