अन्तर्राष्ट्रिय
गाजा, २ साउन । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को...
अफगानिस्तान, १ साउन । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले...
काठमाडौँ, १ साउन । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती...
मस्कट, १ साउन । ओमानको राजधानी मस्कटको एक मश्जिद नजिक गोली चल्दा चारजनाको मृत्यु भएको छ । प्रहरीले जारी गरेको वक्तव्यमा स्थानीय अल वादी अल कबीर क्षेत्रमा भएको सो गोली प्रहारमा केही अन्य मानिस पनि घाइते भएका छन् । प्रहरीले थप...
नयाँदिल्ली, २७ असार । भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका ६ सयभन्दा बढी गाउँ जलमग्न...
सिड्नी, २७ असार । एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष...
बेइजिङ, २६ असार । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।चीनको भन्सार कार्यालयले मङगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती शहर...
नयाँ दिल्ली, २६ असार । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ ।...
सुरत, २३ असार । भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् । भग्नावशेष हटाउने काम जारी रहेको बताइएको...
नयाँ दिल्ली, १७ असार । भारतमा सोमबार (आज)देखि तीन आपराधिक कानुन कार्यान्वयनमा ल्याइएको छ । ती कानुनमा भारतीय न्याय संहिता, भारतीय नागरिक संहिता र भारतीय साक्ष्य संहिता छन् । यी कानुन गत वर्ष संसद्का दुवै सदनबाट ध्वतिमतका साथ पारित गरिएको...











