सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु


  •    न्युजभित्तो/२७ असार २०८१, बुधबार १२:५८ 
  • नयाँ दिल्ली, २६ असार । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । अरू १९ जना घाइते भएका छन् । दुर्घटना उन्नावको गढा गाउँ नजिकै भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।

    प्रहरीका अनुसार ट्यांकरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको थियो । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेस वेमा पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ । केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ लगिएको छ ।

    दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । उन्नाव जिल्ला मजिस्ट्रेट गौरांग राठीका अनुसार दुर्घटना बिहान ५ः १५ बजे भएको थियो ।

    यो एक निजी स्लीपर बस थियो । प्रारम्भिक अनुसन्धानमा बसको गति उच्च रहेको देखिएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा उत्तर प्रदेश र बिहारका धेरै थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.