सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उडानमा एयरहोस्टेसले दिएका केही पनि खान नमानेका यात्री परे विमानस्थलबाटै पक्राउ


  •    न्युजभित्तो/१ श्रावण २०८१, मंगलवार ११:३० 
  • काठमाडौँ, १ साउन । उडानका क्रममा एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान नमानेका एक यात्रु फन्दामा परेका छन् । ती यात्रुलाई विमान अवतरण हुनासाथ विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

    जेद्दाबाट नयाँदिल्लीसम्म करिब साढे पाँच घण्टासम्म एयर इन्डियाको उडानका क्रममा ती यात्रुलाई एयरहोस्टेसले पटकपटक पानीदेखि खानासम्म ‘अफर’ गरेकी थिइन् । ती यात्रुले केही पनि खान अस्वीकार गरे ।

    त्यसपछि एयरहोस्टेसले विमानका क्याप्टेनलाई ती यात्रुको बारेमा जानकारी गराइन् । सोही अनुसार विमानका क्याप्टेनले ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी)मार्फत सुरक्षा निकायलाई यसबारे जानकारी गराए ।

    भारतीय सञ्चारमाध्यमका अनुसार विमानका क्याप्टेनले दिएको सूचनाका आधारमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ सुरक्षाकर्मीले ती यात्रुको निगरानी गरे । उनी विमानस्थलको सुरक्षा जाँच पार गर्नै लाग्दा पक्राउ परेका हुन् ।

    सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ती यात्रीले आफ्नो मलाशयमा सुनका क्याप्सुल लुकाएर ल्याएका थिए । यात्राका क्रममा केही खाँदा शौचालय जानुपर्ने अवस्था आउन सक्ने भयका कारण उनले एयरहोस्टेसले दिएका कुनै पनि खानेकुरा खान अस्वीकार गरेका थिए ।

    केही पनि खान नमानेकै कारण एयरहोस्टेसलाई शङ्का लागेपछि क्याप्टेनलाई ती यात्रुको गतिविधिबारे जानकारी गराएको बताइन्छ । लामो दुरीमा यात्रीले केही खान नमानेको खण्डमा उसले मलाशयमा केही लुकाएको छ भन्ने आशङ्का बलियो हुन्छ ।

    विमानस्थलमा सुरक्षा निकायले उनको मलाशयबाट एक हजार ९६ दशमलव ७६ ग्राम सुन बरामद गरेको छ । उक्त परिमाणको सुन उनले चार वटा क्याप्सुल बनाएर मलाशयमा लुकाएका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.