सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित


  •    न्युजभित्तो/१२ श्रावण २०८३, मंगलवार १५:१३ 
  • गण्डकी, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुव्र्यवहारको विरोधमा चिकित्सक आन्दोलित हुँदा पोखराका विभिन्न अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । नेपाल चिकित्सक सङ्घको आव्हानमा भएको देशव्यापी आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरङ्ग सेवा बन्द भएको सङ्घको गण्डकी शाखाका अध्यक्ष डा सुनिल पनेरुले बताउनुभयो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फेवा सिटीलगायत अस्पतालमा बहिरङ्ग सेवा बन्द हुँदा सयौँ बिरामी उपचार सेवा पाउनबाट बञ्चित हुनुपरेको छ । “बहिरङ्ग सेवा मात्र बन्द छ, आकस्मिकसहितका अन्य सेवा भने सुचारु नै छन्”, अध्यक्ष डा पनेरुले भन्नुभयो, “केन्द्रले तय गरेको आन्दोलन भएकाले केन्द्रकै निर्णयले आन्दोलन जारी रहने वा फिर्ता हुने थाहा हुन्छ, अहिलेसम्म आन्दोलन जारी नै छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.